अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा र इलामका केही ठाउँमा भारी वर्षा,मेची,विरीङ,निन्दा र अदुवा खोलामा बाढीको जोखिम

झापा र इलामका केही ठाउँमा भारी वर्षा,मेची,विरीङ,निन्दा र अदुवा खोलामा बाढीको जोखिम


काठमाडौ – देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१ का केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

झापाकाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । विभागले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।