अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनार्दनलाई निर्दोष सावित गर्दै संसदीय छानविन समितीले आज सभामुखलाई प्रतिवेदन बुझाउने

जनार्दनलाई निर्दोष सावित गर्दै संसदीय छानविन समितीले आज सभामुखलाई प्रतिवेदन बुझाउने


काठमाडौ -बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा बजेटमा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ।

विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनलाई अन्तिमरूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने बताउनुभएको छ ।
एमालेकै माग अनुसार असार २२ गते गठन गरिएको संसदस्य समितीको निष्कर्षमा एमालेको फरक मत राखेको छ । तथापी सत्तापक्षका बहुमत साँसदले बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको जिकिर निष्कर्ष सहित सभामुखलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।