अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज विर्तामोडमा हुने झापा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने

अध्यक्ष ओलीले आज विर्तामोडमा हुने झापा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने


झापा -गृह जिल्लाको भ्रमणमा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तेस्रो दिन आज जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आफ्ना निर्वाचन क्षेत्र दमकमा नै रहनु भएका अध्यक्ष ओलीले अहिले विहान नेपाल लोकतान्त्रिक धिमाल संघ,अनेम संघ लगायतका टिमुँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।
दिउसो १२ बजे विर्तामोडमा हुने वृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र साँझ दमकमै बस्ने थापाले जानकारी दिनुभयो ।
यसैगरी अध्यक्ष ओली भोली इलामको चुलाचुलीमा हुने बृहत्त पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कदै हुनुहुन्छ । उक्त कार्यक्रममा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुनेछ ।