अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहजिल्ला झापामा तेस्रो दिन पनि व्यस्त अध्यक्ष ओली

गृहजिल्ला झापामा तेस्रो दिन पनि व्यस्त अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि गृह जिल्ला झापामा हुनुहुन्छ । अध्यक्ष ओली १४ गते शनिबारसम्म झापामा व्यस्त रहने छन्।

उहाँको झापा बसाइलाई आगामी निर्वाचनको तयारीका रुपमा हेरिएको छ । उहाँले आफू सहभागी कार्यक्रममा पनि निर्वाचन लक्षित अभिव्यक्ति र निर्देशन दिनु भएको छ ।

आगामी आसन्न संघीय र प्रदेश सभाको निर्वाचनको तयारीका रुपमा अध्यक्ष ओलीको झापा बसाइलाई हेरिएको छ।

गृहजिल्ला बसाइका क्रममा एमाले अध्यक्ष ओली जनवर्गीय संगठनका नेतारकार्यकर्तासँग भेटघाट, जातीय संस्थाका प्रतिनिधिसँगको भेटवार्ता र अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुनु भयो ।

भेटघाटका क्रममा प्रशिक्षणसमेत दिएका अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको परिणामप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

दमकमा भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘विभिन्न हिसाबले विरोधीलाई सघाउने काम मात्र भयो भने हामी उनीहरुका भरिया मात्र हुन्छौं।’