काटमाडौं – प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ ।
नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाङ्फेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गर्नु भएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा बताएपछि सांसदहरुले प्रश्न गरिरहेका छन् । यसक्रममा सांसद डा. तुम्बाहाङ्फेले पत्रमा के छ ? भनी प्रश्न गर्नु भएको हो ।
सांसद तुम्बाहाम्फेले पत्रमा भएको विवरण सारा नेपालीले थाहा पाउनुपर्ने बताउनु भयो ।





प्रतिक्रिया