काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
आज दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर लुले खड्कासँग संवाद गरेका हुन्। बिहीबार दुई दिने नेपाल भ्रमणका लागि आउनु भएका लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यतालिका रहेको छ।
भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने नेपालको निर्णयपछि अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौं आइपुग्नु भएको हो ।





प्रतिक्रिया