काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गर्नुभएको छ । त्यसअघि लुले आज नै परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको उल्लेख गरेका छन्।
उहाँहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो प्रधानमन्त्री देउवाले ट्वीट गर्दै उक्त भेटवार्तामा नेपाल-अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् । उहाँले भन्नुभएको छ, ‘म अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिन्छु र उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु ।’
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार दुवै भेटवार्तामा अमेरिका र नेपाल बीचको सम्बन्धमा विषयमा छलफल भएको छ । दूतावासले अमेरिका–नेपाल ७५ वर्षको साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको जनाएको छ ।





प्रतिक्रिया