अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्ड र यूरोपेली यूनियनका राजदूतबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र यूरोपेली यूनियनका राजदूतबीच भेटवार्ता


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो ।

भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उहाँले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।