अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नेतृत्वमा मात्रै देशको विकास सम्भव छ : महासचिव पोख्रेल

एमालेको नेतृत्वमा मात्रै देशको विकास सम्भव छ : महासचिव पोख्रेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताउनु भएको छ।

नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताउनु भएको हो ।

महासचिव पोख्रेलले भन्नुभयो, ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध छ। अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले विकास सम्भव छैन ।’  

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोख्रेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ ।’