अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पश्चगामीका गोटीहरू कम्युनिष्ट हुनै सक्दैनन्ः अध्यक्ष ओली 

पश्चगामीका गोटीहरू कम्युनिष्ट हुनै सक्दैनन्ः अध्यक्ष ओली 


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी रहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले शुक्रबार विर्तामोडमा जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका कारण सङ्घर्षलाई थप सशक्त बनाउनुपर्ने बताउनु भएको हो ।

राणा शासनविरुद्धको आन्दोलनदेखि नेपाली कम्युनिष्टहरूले अग्रमोर्चामा आफूलाई उभ्याउँदै आएको चर्चा गर्दै अध्यक्ष ओलीले सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति बताउने काँग्रेसले जनताको पक्षमा लड्दै आएका कम्युनिष्टहरूका विरुद्ध पटक पटक दमनको नीति लिएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार र मूलप्रवाह नेकपा एमाले भएको र कम्युनिष्टहरूकै विरुद्ध पश्चगामीहरूको गोटी बन्नेहरू कम्युनिष्ट हुनै नसक्ने उहाँले बताउनुभयो ।

राणा शासनविरुद्धको सङ्घर्षदेखि नै समाजवादी आन्दोलनको पक्षमा कम्युनिष्टहरू रहेको र त्यसको मूलधार नेकपा एमाले हो भन्दै अध्यक्ष ओलीले पञ्चायती व्यवस्था विरुद्ध पनि कम्युनिष्ट नेताहरूले नै नागरिकलाई गोलबद्ध गरेको बताउनुभयो । नेपाली काँग्रेसले एमालेलाई सधैं आफ्नो शत्रु देखे पनि एमालेले कहिल्यै पनि वर्गशत्रु किटान नगरेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले नेपाली समाजको दिगो विकास, परिवर्तन र नागरिक अधिकारका लागि निरन्तर लड्दै आएको शक्ति हो भन्नुभयो ।