अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना,अन्यमा चट्याङ सहित हल्का वर्षा हुने

आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना,अन्यमा चट्याङ सहित हल्का वर्षा हुने


काठमाडौ- आज प्रदेश नं १ वागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।