अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनदिन देखि गृहजिल्ला झापा रहनु भएका अध्यक्ष ओली आज इलामको कार्यक्रममा सहभागी भएर काठमाडौ फर्कने

तीनदिन देखि गृहजिल्ला झापा रहनु भएका अध्यक्ष ओली आज इलामको कार्यक्रममा सहभागी भएर काठमाडौ फर्कने


झापा- तीनदिन देखि गृह जिल्ला झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलामको चुलाचुलीमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।
एमाले प्रदेश नं १ कमिटीका सदस्य होमबहादुर थापाका अनुसार विहान ११ बजे इलामको चुलाचुलीमा आयोजना गरिएको कार्यक्रममा अन्य पार्टी परित्याग गरि ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । यसका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि हिजो नै दमक पुग्नु भएको छ । एमाले प्रदेश कमिटी सदस्य ओमनारायण खनालका अनुसार कुमार लिङदेनले नेतृत्व गरेको लिम्बूवानका नेता तिलकबम फागो लगायत ठूलो संख्याका नेता कार्यकर्ताहरुलाई अध्यक्ष ओलीले एमाले प्रवेश गराउदै हुनुहुन्छ । अपरान्ह दुई बजे भद्रपुरबाट अध्यक्ष ओली काठमाडौ फर्कने कार्यक्रम छ ।