अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन टुट्छ कि भनेर भाकल गरेर बस्ने समय होइन : ईश्वर पोखरेल

गठबन्धन टुट्छ कि भनेर भाकल गरेर बस्ने समय होइन : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

आज नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले भाकल गरेर गठबन्धन नटुट्ने बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुहुन्छ, ‘हामी पार्टीका काम राम्रो नगर्ने अनि गठबन्धन टुट्छ कि टुट्दैन भनेर भाकल गरेर हुँदैन । गठबन्धन भयो भने कसरी जितिन्छ भनेर बस्ने बेला होइन । अब पार्टीको काममा लाग्नुपर्छ । किनकी अहिले पनि सर्वाधिक लोकप्रिय मत हामीले प्राप्त गरेका छौं।’

लोकप्रिय मत ल्याउँदा पनि कसरी सिट संख्या कम भयो भन्नेतर्फ सोच्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो  । उहाँले भन्नुभयो, ‘तर पनि सिट संख्या किन कम भयो ? हाम्रो व्यवस्थापकीय कमजोरी भएको कारणले यस्तो भएको हो ?’