अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा एक वर्षमा ३१४ जनाले गरे आत्महत्या

झापामा एक वर्षमा ३१४ जनाले गरे आत्महत्या


झापा – झापामा एक वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार धेरै आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा युवती रहेका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा धेरै आत्महत्या गर्ने उमेर समूहमा १६–२५ वर्षका युवा युवती परेका छन्। सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ ।

यस्तै, १०–१५ वर्षका १५, २३–३५ वर्षका ५०, ३६–४५ वर्षका ६३, ४६–६० वर्षका ६० र ६०–९३ वर्षका ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो।