काठमाडौं – नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर कुँवर चयन हुनुभएको छ । त्यस्तै महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा चयन हुनुभएको हो ।
यसैगरी महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य छनौट भएका छन् । संगठनले पाँचजना सचिवहरू पनि चयन गरेको छ । जसमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी रहेका छन् ।
कोषाध्यक्षमा लिला बहादुर लामा तामाङ चयन भएका छन् । यस्तै उपाध्यक्षहरूमा प्रदेश १ बाट टीकाराम गुरुङ, मधेस प्रदेशबाट सुधीर कुमार उपाध्याय, गण्डकी प्रदेशबाट केदारनाथ शर्मा, सुदूरपश्चिम प्रदेशबाट महेश भट्टराई, कर्णाली प्रदेशबाट लंकबहादुर शाही र लुम्बिनी प्रदेशबाट सागर अधिकारी चयन भएका छन्।
राम सापकोटा, जीवन थापा मगर, रुद्रप्रसाद तिमील्सिना, प्रकाश सापकोटा, साङ्गे लामा, विनोद सापकोटा, राम खड्का, माया शेर्पा, टासी ल्यामो शेर्पा, फुरी ग्याल्जेन शेर्पा, वान्चु शेर्पा, मुक्ती पाण्डे, चिरञ्जीवी पोखरेल, हरि भुजेल, कृष्ण प्रसाद दाहाल लगायत एक सय एक सदस्य रहेको केन्द्रीय कमिटी पनि चयन गरिएको छ ।





प्रतिक्रिया