अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ : अध्यक्ष नेपाल

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ : अध्यक्ष नेपाल


काठमाडौं – नेपाल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताउनुभएको छ ।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुग्नुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”