काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा आगामी चुनावपछि आफ्नो अन्तिम इनिङको प्रयास खुलासा गरेपछि एमालेका सचिव योगेस भट्टराईले एउटा कवितामा व्यंग्य गर्नु भएको छ । चुनावी खेललाई क्रिकेटको उपमा दिएर उहाँले कवितामा अब आफू मैदानमा आउने होइन पेभेलियनमा बसेर खेलाडीको हौसला बढाउन आग्रह गर्नुभएको छ । मौक भएका बेला छक्का नहानी नियम नै उल्लंघन गर्दा रेस्टिकेटमा परेको योगेसले प्रचण्डलाई स्मरण गराउनु भएको छ । योगेसले लेखेको कविता यस्तो छ ।
प्रिय कमरेड सिएम
जुन ईनिङमा छक्का चौका हान्ने अबसर थियो
प्रत्येक बलमा विकेट लिने अबसर थियो
खेल मैदान भत्काईयो, ब्याट भांचियो
खेलको नियम उलङ्घन गरे बापत रेस्टिकेटमा परियो
मौका गुम्यो
कमरेड सिएम
अब अर्को ईनिङ खेल्ने रहर त लागेको छ
छक्का चौका हान्ने र विकेट लिने चाहना छ
तर के गर्नु
शरीरमा तागत छैन, हातमा बल छैन
खेल मैदानको सिमाना नै टाढा देखिन्छ
क्याच गर्न खोज्यो चिप्लिहाल्छ
कुनै वेला फुटवल खेलाडी भएर आफ्नै पोस्टमा आत्माघाती गोल पनि गरियो
त्यसैले प्रिय सिएम कमरेड अब
पेभेलिएनमा बसेर
मैदानका खेलाडीको हौसला बढाउनु नै बेस होला
रोजाइ यहाँ कै ।
रिसानी माफ पाउँ





प्रतिक्रिया