काठमाडौ -नेकपा माओवादीले अर्थ मन्त्रालयमा कुन नेतालाई पठाउने भनेर आज स्थायी कमिटीको बैठक राखेको छ ।
दिउसो ३ बजे पेरिसडाँडामा हुने बैठकमा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने कि नयाँ नेतालाई पठाउने भन्ने बारेमा छलफल हुने एक नेताले जानकारी दिए । ति नेताका अनुसार महासचिवका दाबेदार नेताहरु वर्षमान पुन र शर्मा एक अर्कालाई मन्त्रीमा प्रस्ताव गरेर आफू महासचिव हुने दाउमा छन् । शर्माले आफ्नो रुची मन्त्रीमा नभएको बताउन थालेका छन् भने पुनले निर्दोष देखिएका कारण शर्मा नै अर्थमन्त्रीको रुपमा फिर्ता हुनुपर्ने अडानमा छन् ।
कतिपयले पूर्वसभामुख एवं पूर्व अर्थमन्त्री कृष्णबहादुर महरालाई अर्थमन्त्रीको जिम्मेवारी दिने प्रचण्डको तयारी रहेको पनि बताइरहेका छन् ।





प्रतिक्रिया