अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

खोटाङमा पराकम्प जारी रहेकोले आज विद्यालयहरु बन्द

खोटाङमा पराकम्प जारी रहेकोले आज विद्यालयहरु बन्द


काठमाडौ -आज बिहान गएको भूकम्पपछि उत्पन्न त्रासका कारण खोटाङका अधिकांश विद्यालहरूले आज विदा दिएका छन्।

बिहान ८.१३ बजे गएको ६ रेक्टर स्केलको भूकम्पपछि पनि पराकम्पन आइरहेकोले विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गरिएको हो।

‘विहान गएको भूकम्पपछि पनि केही पराकम्पनको महशुस गरिएले हामीले आजको विद्यालय बन्द गरेर नानीबाबूहरूलाई घरमै सुरक्षित राख्न अभिभाकलाई भनेका छौँ,’ सदरमुकाम दिक्तेलकी शिक्षा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो।