अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त हुँदै

अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त हुँदै


काठमाडौं – अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उहाँलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उहाँले गत असार २२ गते राजीनामा दिनुभएको थियो । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियाे।