अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने (सूचनासहित)

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने (सूचनासहित)


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले जनाएको छ।

बोर्डका अनुसार  ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेका दुई विषयमा पूरक परीक्षा दिन पाउने छन्।

परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्नुपर्नेछ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाउने व्यवस्था छ। दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउनेछन्।

परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ। भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ।