ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा ३३ वटै विभागको सहभागिता रहेको छ ।
बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको छ । आगामी चुनावलाई लक्षित गरेर विभागहरुले कार्ययोजना बनाएका छन् । अध्यक्ष ओलीले विभागीय प्रमुखहरुको रिर्पोटिङ सुनेपछि त्यसलाई उहाँका सुझाव सहित सचिवालयल बैठकले पारित गर्नेछ ।





प्रतिक्रिया