अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको गलत कामविरुद्ध आवाज उठाउन केन्द्रीय विभागका प्रमुख र उपप्रमुखलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको गलत कामविरुद्ध आवाज उठाउन केन्द्रीय विभागका प्रमुख र उपप्रमुखलाई अध्यक्ष ओलीको निर्देशन


ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिनुभएको छ ।

आज पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा अध्यक्ष ओलीको उपस्थितिमा बसेको एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिव सहभागी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

‘कतिपय विभागबीच समन्वय गरेर काम गर्नुपर्ने हुन्छन् । ती कामहरु समन्वय गरेर मात्रै गर्न तथा आआफ्ना विभागहरुले गर्नुपर्ने कामको कार्ययोजनासहित तिब्र गति बढाउन अध्यक्षबाट निर्देशन भयो’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीको निर्देशन उद्धृत गर्दै जानकारी दिनुभयो ।   

अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाहीविरुद्ध खरो रूपमा उत्रन निर्देशन दिनु भएको छ ।

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो।