काठमाडौं – नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघअन्तर्गत नेपाल लोकतान्त्रिक तमु संघको हालै पोखरामा बसेको केन्द्रीय विस्तारित बैठक एवं भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ।
समितिमा संयोजकमा बेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्य गठन गरेको हो ।
विस्तारित बैठक तथा भेलाको उद्घाटन गर्नुहुँदै एमाले स्थायी समिति सदस्य एवं नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रीय समिति अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघको गतिविधि र आगामी कार्यदिशा प्रष्ट पार्नुभयो ।
आदिवासी आन्दोलनलाई झुक्याउने काम माओवादीले गरेको बताउनुहुँदै उहाँ नेपालमा कुनै समुदायको बाहुल्यता नभएकाले प्रदेशको नामाकरणमा जातिय पहिचान स्थापित गर्न नसकेको बताउनुभयो । उहाँलेभन्नुभयो, ‘समुदायको अधिकारका लागि संविधानले व्यववस्था गरेको अधिकार सुनिश्चित गर्नुपर्छ।’ अब लोकतान्त्रिक तमु संघले संविधानले दिएको अधिकार र एमाले पार्टीले निर्दिष्ट गरेको व्यवस्थालाई पूर्णरुपले उपयोग गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
प्रतिक्रिया