काठमाडौं – वैदेशिक रोजगारीमा साउदी अरब गएकामध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइ सकेका छन् भने १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार मृत्यु भएकामध्ये ११२ जनाको ह्दयघाट र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् । यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो।





प्रतिक्रिया