अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा नेकपा एस र माओवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

धादिङमा नेकपा एस र माओवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश


धादिङ – नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गर्नु भएको हो । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्र धादिङ जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल एमालेसहित एमालेमा प्रवेश गरेका हुन् ।

आज धादिङबेशीमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनीले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।