काठमाडौं – राष्ट्रिय कला तथा संस्कृति विभाग नेकपा एमाले आयोजना गरेको स्रस्टा भेटघाट तथा खिर खाने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालिकासँग खीर खानुभएको थियो ।
संस्कृति विभागले साउन १५ का अवसरमा खीर खाने कार्यक्रमको आयोजना गरेको हो । पार्टी केन्द्रीय कार्यलय ललितपुरस्थित च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
नेपालीहरुले असार १५ मा दही चिउरा, साउन १५ मा खीर तथा जनै पूर्णीमामा क्वाँटी खाने चलन छ । झरीको बेला मरमसला प्रयोग गरेर बनाइएको खीरले चिसो लाग्न दिने विश्वास गरिन्छ ।
प्रतिक्रिया