अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छानबिन समितिलाई किन कल डिटेलसमेत हेर्न दिइएन ? : अध्यक्ष ओली

छानबिन समितिलाई किन कल डिटेलसमेत हेर्न दिइएन ? : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदएिर छानबिन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विशेष समिति भित्र रहेका सत्तारुढ दलका सांसदहरुले छानबिन समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै टिप्पणी गर्नु भएको हो । उहाँले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर सीसीटीभी फुटेज गायब परेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सीसीटीभीको फुटेज गायब हुनु गलत हो । अहिलेको जमानामा कल डिटेल ठूलो प्रमाण भए पनि हेर्न नदिइनु छानबिन कार्यलाई प्रभावित पार्नु हो । ऊ बेला कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु परेमा तामा–तुलसी राखेर कसम खाने चलन थियो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएको तर्फ संकेत गर्नुहुँदै अब राखीमा समेत राजनीति भएको टिप्पणी गर्नुभयो ।