काठमाडौ-नेकपा एमालेको शसक्त जनवर्गीय संगठन युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकले १० उपाध्यक्ष सहित १८ जना पदाधिकारी चयन गरेको छ । संघका अध्यक्ष किरण पौडेल यस अघि नै कार्यरत हुनुहुन्छ ।
नवौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि आयोजक कमिटीको हैसियतमा रहेको कमिटीको महासचिवमा ताप्लेजुङ क्षितिज थेबे चयन हुनुभएको छ । उपाध्यक्षहरुमा सुजित कुमार झा,सुरज क्रान्ति बुर्लाकोटी, अमित लामा सन्तोष रावल,अन्जना अधिकारी चयन हुनु भएको छ । यसैगरी उर्मिला सुनुवार सुनुवार ,कृष्णहरी के.सी.,सुमन पुरी,पुष्पराज श्रेष्ठ ,रामजी सापकोटा पनि उपाध्यक्ष चयन हुनुभएको छ । महासचिव क्षितिज थेवे सर्वसम्मत हुनुभएको छ । उपमहासचिव रमेश तिवारी,उपमहासचिव विजय डाँगी र सचिवहरुमा विकास ज्ञवाली ,सीता सुवेदी, बैजनाथ शाह , विष्णा चन्द चयन हुनु भएको युवा संघले जनाएको छ ।





प्रतिक्रिया