अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोला उत्खनन् रोक्न सुनवलको प्रयास : ढुंगा,गीट्टी भण्डारणको विवरण बुझाउन उर्दी

खोला उत्खनन् रोक्न सुनवलको प्रयास : ढुंगा,गीट्टी भण्डारणको विवरण बुझाउन उर्दी


नवलपरासी- चुरेबाट बग्ने खोलानालामा अवैध चोरी निकासी गरि भण्डारण गर्नेको नाउमा सुनवल नगरपालिकाले स्रोत खुलाई स्टक प्रमाणित गर्न पत्राचार गरेको छ । खोलानालामा खोलाजन्य पदार्थको चोरी निकासी रोक्न खोज्दा नगरप्रमुखलाई नै धम्क्याउने र सुरक्षा खतराको चेतावनी आएपछि नगरपालिकाले खोलाजन्य समागी्रको स्रोत खुलाउने गरी कदम चालेको हो ।
सुनवल नगरपालिकाको नदीजन्य पदार्थको अनुगमन समितिले सार्वजनिक सुचना जारी गरि ७ दिन भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नगरक्षेत्रको विभिन्न स्थानमा भण्डारण गरि राखिएका खोलाजन्य पदार्थको स्टक प्रमाणित गराउन आवश्यक कागजात समेत पेश गर्ने गर्नु पर्ने र तोकिएको समय सिमा भित्र प्रमाण पेश गर्न नसकेमा भण्डारण (स्टक) अवैध मानेर कानुन बमोजिम कारवाही प्रकृया अगाडी बढाइने सुचनामा जनाएको छ ।
कार्यालयका उप सचिव विष्णु गोतामलेद्धारा हस्ताक्षरित सुचना साउन १३ गते नै जारी भई सकेको छ । यसले खोलामा लुट मचाउनेहरु हतोत्साहित भएको नगरपालिकाका एक कर्मचारीले बताए । उनका अनुसार सुचनामा नदीजन्य पदार्थको चोरी निकासी गर्ने उपर सुराकीको पहिलो सुचना दिने ब्यतिmको विवरण गोप्य राखी प्रोत्साहन समेत उपलब्ध गराउने कुरा समेत उल्लेख गरिएको छ ।
खोलामा चोरी निकासी गर्ने र अनुगमन गर्दा नगरप्रमुख बिमला अर्याललाई नै थ्रेट गर्ने कुरा सार्वजनिक भए पछि आम नगरबासीले नगरप्रमुखको कदम ठिक भएको बताएका छन् । तोकिएको म्याद भित्र स्कटको प्रमाणित नगराउने र प्रमाण पेश नगर्ने सबै समागी्र अबैध घोषणा गरी जफत गरिने छ ।