परासी- रामग्राम नगरपालिकाका मेयर धनपत यादव नगरक्षेत्रको रामखण्डा खोला सफाई अभियानमा लाग्नुभएको छ । खोलाको पानी थुनिदा बहाव रोकिएर गाउँमा बाढी पस्ने समस्या देखिन थालेपछि यादव खोला सफाइमा लाग्नु भएको हो ।
खोलामा राम्रोसँग जलनिकास नहुदा खोलाको पानी बजार बसेर ढुवान हुने भन्दै सफाई अभियान थालिएको मेयर यादवले बताउनुभयो । यसमा प्रशसान र सुरक्षा निकायका प्रमुखहरु पनि सहमत भएकोले यस्तो अभियान थालिएको यादवले जनाउनुभयो ।
बेला बेलामा खोला नालाको सफाई गर्दा पनि स सानो बाढी पनि बजार बस्ने र नागरिकलाई नोक्सानी पुर्याउने गरेको छ । गतबर्ष यस्तै खोलानालाको सफाई हुन नसक्दा आएको बाढीले परासी बजार पस्दा करोडौको धनमाल क्षति भएको थियो । अहिले नगरपालिका र सुरक्षा निकाय यस प्रति सचेत छ । आफु मेयर भएर नगरपालिकामा आए देखी पहिलो प्राथमिकतामा खोला सफाई र नगरसफाई काम गरिदै आएको मेयर यादवको भनाइ छ ।उहाँले भन्नुभयो ‘सुरुमा झरही खोलामा एक्साभेटर र जेसिबी प्रयोग गरि खोला भित्रका ढिस्काहरु काटेर खोला सफाई गरियो’ यादवले भन्नुभयो ‘अहिले रामखण्डामा जम्मा भएको जलकुम्भी सफाइको कार्य भई रहेको छ । यसमा नेपाली सेना र शसस्त्र प्रहरीका जवान खटिएका छन् ।’
खोलामा अतिक्रमण समेत भएको देखिएको छ । तर सो अतिक्रमण हिउँद लागे पछि सिमांकन गर्ने,खोलाको दुबै किनारमा बाँध बनाउने कार्य हुनेछ । अहिले हिउँदमा सो कार्य गर्ने अवस्था छैन् । तर पनि खोलाको पानी सलल बग्नका लागि हुने अवरोधहरु हटाउने कार्य भईरहेको छ । यसले स्थानियबासी पनि उत्साही भएको यादवको भनाइ छ ।
रामग्राम नगरपालिका भित्र चुरेबाट बग्ने खोलानाला मध्ये भलुही,झरही,रामखण्डा र तुरिया प्रमुख रहेका छन् । खोलालाई बर्षेनी सफाई गर्न,ब्यवस्थित गर्ने उद्धेश्यले चालु आर्थिक बर्षमाम नगरपालिकाले बजेट विनियोजन र युनिट नै खडा गरि काम गर्नुका साथै आवश्यक उपकरण तथा स्काभेटर समेत खरिद गर्ने योजनाका लागि बजेट बिनियोजन गरिएको मेयर यादवले बताउनुभयो ।





प्रतिक्रिया