काठमाडौ -काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो।
तारकेश्वर -२ का वडा सचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू एक तले घर बनाएर बसेका थिए।
स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए।





प्रतिक्रिया