अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेस्थली घटना: स्कुल जान छोरी नआएपछि खुलेको थियो हत्याकाण्डको रहस्य

काभ्रेस्थली घटना: स्कुल जान छोरी नआएपछि खुलेको थियो हत्याकाण्डको रहस्य


काठमाडौं – काठमाडौं तार्केश्वर नगरपालीका–२ पदमसालस्थित दिनेश पाण्डेको एकतले घर छ । सोही घरमा पाण्डेसहित उहाँकी श्रीमती, १३ वर्षीया छोरी र आठ वर्षीय छोरा बस्दै आएका थिए ।

आइतवार साँझ छिमेकीकहाँ खाना खाएर आएको थियो दिनेश र सुनिता पाण्डेको परिवार। खाना खाएर आएपछि पाण्डे परिवार एकतले घरभित्रै सखाप भएको छ।

आइतवार राति कुन समयमा घटना भयो भन्ने खुलेको छैन। छिमेकीले समेत कसैले पनि चिच्याएको नसुनेपछि बिहान साढे ८ बजेतिर मात्रै घटनाबारे थाहा भएको हो।

सधैँजसो छोरी बिहान ८ बजेको समयमा स्कुल जान निस्किन्थिन् । तर, सोमबार विद्यालय जाने छोरी नदेखेपछि छिमेकीले प्रहरीलाई खबर गरे ।

घरको झ्याल ढोका बन्द थियो । घरबाट आवाज आएको थिएन । तत्कालै प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहिको अनुसन्धान टोली पाण्डेको घरमा पुग्यो ।

काठमाडौं प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार प्रहरी टोली घटनास्थलमा पुग्दा घरको सम्पूर्ण झ्याल ढोका भित्रबाट चुकुल लगाई बन्द अवस्थामा थिए ।

प्रहरीले ढोका फोडेर हेर्दा घरभित्र चारजना मृत भेटिए । जसमा दिनेश झुण्डिएको अवस्थामा थिए भने एउटा खाटमाथि छोराछोरीको शव थियो । खाटमुनि अर्धनग्न अवस्थामा दिनेशकी श्रीमतीको शव भेटिएको थियो ।

गोरखा, भिमसेनथापा गाँउपालिका स्थायी घर भई हाल काठमाडौं तार्केश्वर नगरपालीका पदमसालस्थित बस्दै आएका पाण्डे १२ वर्ष वैदेशिक रोजगारीमा समेत गएको खुलेको छ ।

घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ । यसबाहेक अहिले केही भन्न नमिल्ने एसपी मैनालीलेबताउनु भयो ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट डा.गोपाल चौधरी र डा.आयुष उपाध्यायको टोलीसमेत खटिएको थियो ।

प्रहरीलाई प्राप्त जानकारी अनुसार दिनेशकी श्रीमती सुनिता विदेश जाने तयारीमा थिइन् । उनी युरोपियन देश जाने तयारीमा रहेको खुलेको छ । श्रीमान–श्रीमतीबीच पटक–पटक विवाद हुँदै आएको खुलेको छ । पारिवारिक विवादका कारण घटना भएको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ ।