अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रहितलाई तिलाञ्जलि दिन सकिँदैन : अध्यक्ष ओली

राष्ट्रहितलाई तिलाञ्जलि दिन सकिँदैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नु परेको बताउनु भएको छ ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेकै कारण प्रधानमन्त्रीबाट हट्नु परेको बताउनु भएको हो ।

अध्यक्ष ओलीले सुगौली सन्धीको चर्चा समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि म प्रधानमन्त्रीबाट हट्नुपर्नेछ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्यो पनि ।’  

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको पनि अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले आफुहरु कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुटनीति त्यतिबेला हुन्छ, बेइमानी गरेर, राष्ट्रिय हित छाडेर कुनै राष्ट्रिय हित हुँदैन । कुटनीति राष्ट्रिय हितप्रति समर्पित भएर राष्ट्रहितमा अडेर सफलता प्राप्त गर्नु कुटनीति हुन्छ ।’

उहाँले देशलाई आमासँग तुलना गरिएको भन्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि बेठीक कार्य गर्न नसकिने बताउनु भयो ।