पोखरा -म्याग्दीको मालिका गाउँपालिका २ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।
घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको प्रहरीले जनाएको छ ।
गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् ।
घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।





प्रतिक्रिया