विराटनगर- प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ।
लक्षण देखिएपछि मुख्यमन्त्रीसहित उनका परिवारका सदस्य, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो। त्यस क्रममा मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई कोरोना पोजिटिभ देखिएको हो। मुख्यमन्त्रीसहित तीनै संक्रमितको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
प्रतिक्रिया