अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं : अध्यक्ष लिङ्देन

गठबन्धन सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं : अध्यक्ष लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन गराउनका लागि वर्तमान सरकार विघटन गरेर निष्पक्ष र स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जालमार्फत उहाँले सो प्रस्ताव गर्नुभएको हो ।

निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उहाँले निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने बताउनु भयो ।

‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो।’