काठमाडौं – नेकपा एमालेका सांसद डा. भीम रावलले पाँच दलिय गठबन्धनका नाममा निर्दलीय शासन अभ्यास भइरहेको बताउनुभएको छ।
आजको प्रतिनिधिसभा बैठक अन्तर्गत ‘शपथ सम्बन्धी विधेयक’माथि छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
‘विदेशीसँग थर्कमान भई, संविधान मिची, उलङ्घन गरी मनपरी गर्नेछु भन्ने चरित्र देखिन थाल्यो,’ सांसद रावलले भन्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको धारा २६९ मा समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुने व्यवस्था छ । त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर यही कुरा उलङ्घन गरेर गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको छ ।’
प्रतिक्रिया