अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर हर्क सम्पाङको गैरजिम्मेवार अभिव्यक्तिले जातीय सद्भाव बिथोल्न खोज्यो : एमाले

मेयर हर्क सम्पाङको गैरजिम्मेवार अभिव्यक्तिले जातीय सद्भाव बिथोल्न खोज्यो : एमाले


धरान – नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार एक विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएको हो ।  विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’

संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर गरिएको जातीय विभेद र असहज बन्दै गरेको परिस्थितिबारे विज्ञप्ति निकाल्दै साम्पाङले जातीय हिंसा भड्काउन खोजेको आरोप पनि एमालेले लगाएको छ।

‘जनताले चुनेको नेतृत्वले कुशल ढंगले कार्य गरुन्, धरानको विकासको क्रमले गति लियोस् भन्ने अभिप्रायले एमाले र यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा कामहरुको समर्थन र खुलेर उच्च प्रशंसा गर्दै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुखको हैसियतमा दलीय व्यवस्था, संघीयताविरुद्ध र जातीय विद्वेष फैलाउने कार्य निन्दनीय र अविलम्ब सच्चिन जरुरी छ।’

मेयरको कार्यालय भएको तोडफोडको जिम्मेवार पनि स्थानीय सरकार प्रमुख भएको एमालेले बताएको छ । पीडितहरुले उठाएको विषयमा गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’

बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ । मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगमउम्दे जातीय सद्भाव थिाल्न ओजिएको समेत एमालेले बताएको छ ।