अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु


तेह्रथुम – तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ ।

आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए । घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु¥याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।