अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तानाशाही कांग्रेसको विरोध र निन्दा गर्छु : अध्यक्ष ओली

तानाशाही कांग्रेसको विरोध र निन्दा गर्छु : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म नेपाली काँग्रेसको मति परिवर्तन नभएको बताउनु भएको छ ।

२५औं तुलसीलाल अमात्य स्मृति तथा शहिद भिमदत्त पन्तको ६९औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई हत्या गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज पनि एउटा देशभक्त, शान्तिपुर्ण रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु । त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन ।’

जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस नेतृत्वको सरकारले गरेको ओलीको भनाइ छ । उहाँले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा थुप्रैमध्ये भिमदत्त पन्तलगायतका शहिदलाई सहिदको सम्मान दिने निर्णय गराएको बताउनु भयो ।