काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दुष्ट आशय बोकेका वामपन्थीहरूसँग पार्टी एकता गर्न नसकिने बताउनुभएको छ ।
आज २५ औं तुलसीलाल अमात्य स्मृति तथा शहिद भिमदत्त पन्तको ६९औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दुष्ट आशय नबोकेकाहरुसँग मात्रै पार्टी एकता हुनसक्ने बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘दुष्ट आशय बोकेकाहरूसँग हामी पार्टी एकता गर्न सक्दैनौं । दुष्ट आशय नबोकेका साथीहरु आउनुस् सँगै मिलेर काम गरौ ।’
‘पाँच भाइ जम्मा भएर समाजवादी केन्द्र बनाउने रे । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ? एसपीपी र एमसीसी ? त्यसकारण यी समाजवादी हुँदै होइनन् । गठबन्धन देशद्रोही, अलोकतान्त्रिक र भ्रष्ट गठबन्धनका रुपमा चिनिएको छ ?’ अध्यक्ष ओलीले कटाक्ष गर्नुभयो ।
अध्यक्ष ओलीले गठबन्धन देशद्रोही, अलोकतान्त्रिक र भ्रष्ट गठबन्धनका रुपमा चिनिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले आफूलाई प्रजातान्त्रिक भन्ने अधिकार पनि नभएको । स्वाधिनताविरुद्ध हिँड्ने काँग्रेसले किन आफूलाई प्रजातान्त्रिक भनेको ? कम्युनिस्ट पार्टी सिध्याउने काममा काँग्रेस समेत लागेको छ ।’
जब काँग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लागेको र देशले दुःख पाउने गरेको इतिहासले बताएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जब काँग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लाग्छ, देशका जनताले दु:ख पाउछ यो इतिहासले बताएको कुरा हो । राणा प्रधानमन्त्री मोहनशमशेर हुँदा पनि कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लागेको थिएन तर राणा सरकारबाट हटेर मात्रिका प्रसाद कोइराला प्रम बने उहाँले गरेका कुकर्म इतिहासले विर्सदैन ।’





प्रतिक्रिया