काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले यसबारेमा सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनु भएको छ ।
पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन मिल्दैन। यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्ब आवश्यक कदम चालोस् ।’





प्रतिक्रिया