काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
उपसचिवले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेको आरोप छ। सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियारले पक्राउ गरेको हो ।
प्रतिक्रिया