अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश जोगाउने भए फेरि केपी ओलीको नेतृत्व चाहियोः सीपी मैनाली

देश जोगाउने भए फेरि केपी ओलीको नेतृत्व चाहियोः सीपी मैनाली


काठमाडौँ – नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व चाहिएको बताउनु भएको छ ।

आज २५ औं तुलसीलाल अमात्य स्मृति तथा शहिद भिमदत्त पन्तको ६९औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव मैनालीले अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व ओलीलाई सुम्पिनुपर्ने बताउनु भएको हो ।

महासचिव मैनालीले गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भएको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई आग्रह गर्दछु । एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ ।’

एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्न महासचिव मैनालीले अनुरोध गर्नुभयो ।

महासचिव मैनालीले प्रचण्ड, माधवहरु विदेशीको भरिया बनेको बताउनु भयो । मैनालीले प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा लागेको भन्दै उहाँ नक्कली वामपन्थी भएको आरोप लगाउनु भयो ।