अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोशीको बाढी उदयपुरको बेलका नगरमा पस्यो,कम्तीमा २ हजार घर जोखिममा

सप्तकोशीको बाढी उदयपुरको बेलका नगरमा पस्यो,कम्तीमा २ हजार घर जोखिममा


उदयपुर -कोशीमा आएको बाढीले बाँध फुटाएर उदयपुरको बेलका नगरपालिका सप्तकोशीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेछि सयौँ घर जोखिममा परेका छन् ।

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो । बाढीले कम्तीमा २ हजार घर बिस्थापित हुने अवस्थामा रहेको बेलका नगरपालिका उपमेयर जीरा राईले जानकारी दिनुभयो । उहााका अनुसार बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन् । केही घर कोशीले डुबाएको छ । नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको राईको भनाइ छ ।

तस्विरहरु : सामाजिक सञ्जाल