उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिका-८ डुम्री बोटे लाहुरेखोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको छ।
२०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो। यतिखेर पुन:सोही ठाउँबाट नदी बग्दा नदीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।
अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ। अरुलाई सार्ने काम भइरहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताउनु भयो ।
बेलकामा मात्रै नदी पश्चिम तर्फ सोझिँदा २० हजार नागरिक प्रभावित हुने उहाँले बताउनु भयो।
नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।





प्रतिक्रिया