सप्तकोसीको बहाव पश्चिमतर्फ बढ्न थालेको छ। सप्तकोसीको नदी उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट पश्चिमतर्फ पसेको हो।
पश्चिमतर्फ पानीको मात्रा बढ्दा उद्धारमा समस्या देखिन थालेको छ। बिहानसम्म मानिसहरू हिँडेरै नदी तरेका थिए तर अहिले भने पानीको मात्रा बढेसँगै बेलकाका वडा नम्बर ३ र २ र ९ का बासिन्दा टापुमा फसेका छन्। यस्तै बराहक्षेत्र नगरपालिकाका २ वटा वडाका बासिन्दा पनि टापुमा फसेका छन्।
पानीको मात्रा पश्चिमतर्फको भंगालो बढ्दा जोखिममा परेका नागरिकको उद्धारको काम भइरहेको भए पनि पानीको सतह पश्चिमतर्फ बढेकाले समस्या भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार अब डुंगाबाट तार्नुपर्ने अवस्था आएको छ। यसका लागि सशस्त्र प्रहरीका ३ वटा डुंगा सोही ठाउँमा पुर्याइएको छ .
यस्तै टापुमा फसेका नागरिकको उद्धारका लागि २ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ।






प्रतिक्रिया