अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला


झापा – झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ।

गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मंगलबारबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरका टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनु भयो।

उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।