अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु


कपिलवस्तु – कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ। बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु ६४ प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताउनुभयो ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।